२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

कांग्रेस रुपन्देहीले सुुरु गर्‍यो विशेष आन्तरिक अभियान

सोमवार , श्रावण २२, २०८०

भैरहवा, २२ साउन ।
नेपाली कांग्रेस रुपन्देहीले पार्टीको १० दिने विशेष आन्तरिक अभियान सुुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार जिल्लामा पनि विशेष आन्तरिक अभियान सुुरु गरिएको हो ।

पार्टीको आन्तरिक कमीकमजोरी पत्ता लगाइ त्यसको सुधार गर्दै पार्टीलाई २१ औं शताब्दको गतिशिल, चलायमान, सबल एवं सक्षम बनाउने उद्देश्यले आन्तरिक अभियान सुुरु गरिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । उनकाअनुसार अभियानका लागि केन्द्रीय समितिबाट केन्द्रीय सदस्य पुुष्पा भुुसाल, प्रदेश समितिबाट गुल्मीका पूर्व पार्टी सभापति त्रिलोकी प्रताप सिहं प्रतिनिधिको रुपमा खटिएका छन् । प्रतिनिधिहरुले अभियानको उद्देश्यबारे जिल्लालाई जानकारी गराएका थिए । 

त्यसको साथै सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले पनि क्षेत्र र स्थानीय तहमा जिल्लाबाट प्रतिनिधि खटाउने निर्णय गरेको छ । केन्द्र र प्रदेश प्रतिनिधिको उपस्थितिमा यही साउन २५ गते क्षेत्र नम्बर १, २६ गते क्षेत्र नम्बर २, २८ गते क्षेत्र नम्बर ३, २९ गते क्षेत्र नम्बर ४ र ३० गते क्षेत्र नम्बर ५ मा क्षेत्रीय एवं प्रदेश समितिसँग कार्यक्रम हुनेछ ।

जिल्लाबाट खटिएका प्रतिनिधिहरुले पालिका समितिसँग समन्वय गरेर यही बीचमा कार्यक्रम गर्ने र साउन ३२ गते अभियानको औपचारिक समापन गरिने सचिव हरि काफ्लेले जानकारी दिए । उनकाअनुसार जिल्लाले पनि क्षेत्र नम्बर १ मा कोषाध्यक्ष हरि प्रसाद अर्याल, २ मा सह–सचिव वासुदेव रिमाल, ३ मा सचिव हरि काफ्ले, ४ मा सह–सचिव विष्णु थापा र क्षेत्र नम्बर ५ मा सचिव परमानन्द भट्टराईलाई खटाएको छ । 

त्यस्तै जिल्ला सदस्यहरुलाई स्थानीय तहमा खटाइएको छ । देवदह नगरपालिकामा राजकुमार काफ्ले, तिलोत्तमामा सीता पोख्रेल, ओमसतियामा मोहम्मद सलिम खान, रोहिणीमा तिलक ज्ञवाली, बुुटवलमा खिम क्षेत्री, सैनामैनामा सुनिता चौधरी, सिद्धार्थनगरमा हरिकला पाण्डे, सियारीमा कविता लम्साल, शुद्धोधनमा तारा चौधरी, मायादेवीमा सुुष्मा हमाल, कोटहीमाईमा प्रियंका शाही, मर्चवारीमा डिल बहादुुर चौधरी, सम्मरीमाईमा प्रकाश गुुप्ता, लुम्बिनीमा जीवन बन्दु तिवारी र गैडहवामा रुद्रमान चौधरीलाई खटाइएको छ ।