
सोमवार , श्रावण २२, २०८०
काठमाडौं, २२ साउन । ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध काठमाडौं जिल्ला अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसहित दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाइ पक्राउ गर्नका लागि आइतबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
सर्वोच्च अदालतले सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पूर्वमन्त्रीत्रयलाई पक्राउ गर्न अनुमति दिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij