
सोमवार , श्रावण २२, २०८०
भैरहवा, २२ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले दैनिक जीवन चलाउन कठिन भइरहेको अवस्थामा सिद्धार्थनगर नगरपालिकालाई थप प्रताडित बनाएको बताएको छ । आइतबार नगरप्रमुख इश्तियाक अहमदलाई ध्यानाकर्षण पत्र बुझाउँदै एमालेले सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा रहेको भूमि तथा मालपोत कर २०८०/०८१ मा अत्याधिक वृद्धि गरी ढाड सेक्ने काम गरेको भन्दै निर्णयलाई सच्याउन आग्रह गरेको छ ।
‘वर्तमान समयमा आर्थिक मन्दीको अवस्थामा व्यवसाय नचलेर बजारका सबै सटर खाली हुँदै गएका छन् । एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले भने, यस अवैज्ञानिक तथा गैरजिम्मेवार निर्णयलाई सच्यउन नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटी सिद्धार्थनगर नगरपालिकालाई ध्यानाकर्षण गराउँदछ । ’ यही सो निर्णय १५ दिनभित्र नसच्याएमा एमाले चरणबद्ध आन्दोलनमा जान बाध्य हुने थापाले बताए ।
ध्यानाकर्षण पत्र बुझेपछि नगरप्रमुख खानले करका विषयमा नगरपालिकाको ध्यानाकर्षण भएको र निर्णयलाई सच्याउने आश्वासन दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij