२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

नेताहरूको विभाग फेरबदल गर्ने माओवादी केन्द्रको निर्णय

आइतवार , श्रावण २१, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रले नेताहरूको विभाग फेरबदल गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको पदाधिकारी बैठकले नेताहरुको विभाग फेरबदल गर्ने निर्णय गरेको हो । १७ साउनदेखि जारी रहेको केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आइतबार पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गरेका हुन् ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पदाधिकारी बैठकले नेताहरुको विभागीय जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो । 

    जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्  । अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ । यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छनन् । पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।