२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

रास्वपाले भन्यो : जनताको ढाड सेक्ने गरी सिद्धार्थनगर नगरपालिकाले कर बढायो

शुक्रवार , श्रावण १९, २०८०

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १९ साउन ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले जनताको ढाड सेक्ने गरी अत्याधिक रुपमा जनताले तिर्ने नसक्ने गरी बेथिति रुपमा कर वृद्धि गर्ने निर्णय गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति भैरहवा, रुपन्देहीले विरोध गरेको छ । शुक्रबार नगरप्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय तुरुन्तै फिर्ता लिन आग्रह गरेको छ ।

    रास्वपा सिद्धार्थनगरका संयोजक सुमन न्यौपानेले नगरपालिकाले निर्णय फिर्ता नभएमा पार्टीले स्थानीय सरकारको विरुद्धमा सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । उनले

    ज्ञापनपत्र बुझ्दै नगरप्रमुख खानले १५ दिनभित्र निर्णय सच्याउने आश्वासन दिनुभएको रास्वपा सिद्धार्थनगर संयोजक न्यौपानेले जानकारी दिए ।