२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

नारायणी नदीमा बगेर युवक बेपत्ता

शुक्रवार , श्रावण १९, २०८०

चितवन, १९ साउन । देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्।

शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् ।  

१५ साउनमा सवारी दुर्घटनामा परेर निधन भएका आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन उनी देवघाट पुगेका थिए । बेपत्ता भएका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।