२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस

शुक्रवार , श्रावण १९, २०८०

काठमाडौं, १९ साउन ।
प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो । परिषद्बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदै छ । संविधानको प्रावधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिना अगावै नाम सिफारिस गरिसक्नुपर्ने हुन्छ । तर, परिषद्ले ढिला गरी नियुक्ति सिफारिस गरेको हो । परिषद्को मंगलबारको बैठक कुनै निश्कर्ष बिना सकिए पनि बिहीबारको बैठकले प्रधानन्यायाधीशको सिफारिस गरेको हो ।