
बिहिवार , श्रावण १८, २०८०
भैरहवा, १८ साउन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला समन्वय समिति रुपन्देही प्रथम बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ । बैठकले पार्टीका संगठन विस्तार तथा पार्टी सुदृढीकरण अभियान सञ्चालनलगायत विभिन्न निर्णय गरेको जसपा रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले बताए ।
बैठकमा सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य महेन्द्र यादव, निवर्तमान रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादवलगायत नेताहरुले विगतमा जसपा रुपन्देहीमा दोस्रो शक्तिको रुपमा स्थापित भएजस्तै अब पार्टीलाई अझ बलियो बनाउनुपर्ने बताए ।
बैठकका पार्टीका क्षेत्रीय समिति अध्यक्ष, पालिका समिति अध्यक्ष, जनप्रतिनिधि लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवको प्रमुख आतिथ्यता, निवर्तमान जिल्ला अध्यक्ष रामअवतार यादवको विशिष्ट आतिथ्यता तथा जिल्ला सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij