२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

हिन्दू जागरण नेपाल रुपन्देहीको अध्यक्षमा हरिशरण पाण्डे

बिहिवार , श्रावण १८, २०८०

भैरहवा, १८ साउन ।
हिन्दू जागरण नेपाल जिल्ला शाखा रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बुधबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले हरिशरण पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हिन्दू जागरण नेपालका केन्द्रीय सदस्य नारायण प्रसाद कोइरालाले बताए ।

जसको वरिष्ठ उपाध्यक्षमा राम गोपाल भण्डारी, उपाध्यक्षमा माधवी शर्मा वाग्ले, सचिवमा पार्वती भण्डारी, कोषाध्यक्षमा गोबिन्द शर्मा, सह-सचिवमा लक्ष्मी ढकाल र सह-कोषाध्यक्षमा कमला ढकाल काफ्ले रहेका छन् ।
त्यस्तै सदस्यहरुमा देवी न्यौपाने, मन्दिरा शर्मा, कमला भण्डारी ढकाल, बिना क्षेत्री, बसन्त थापा, आयुश बोगटी, कृष्ण प्रसाद घिमिरे, विजय बस्याल, गिरीराज भट्टराई, रमा के.सी., राधा भट्टराई र जीवन शर्मा रहेका छन् ।

हिन्दू जागरण नेपालले हिन्दू धर्मको संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका केन्द्रीय सदस्य नारायण प्रसाद कोइरालाले बताए ।