
बिहिवार , श्रावण १८, २०८०
काठमाडौं, १८ साउन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा सस्तो राजनीति गर्न खोजिएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा निःशुल्क ‘ब्लु बस ’ सञ्चालनमा ल्याएको सन्दर्भ जोडदै एमाले महासचिवले सस्तो लोकप्रियता कमाउन खोजिएको आरोप लगाएका हुन ।
‘पंचायतकालमा म विद्यार्थी राजनीतिका सिलसिलामा पहिलोपटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साइकल चलाएर स्कूल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको थिए तर, आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ ? भन्ने प्रश्न जागृत भएको छ,’ उनले लेखेका छन, ‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनुपर्दछ ।
हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनुपर्दछ तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो, यस्तो कुरामा गम्भीर बनौं । ’ उनका अनुसार चितवन जस्तो सचेत ठाउँवाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्न जरुरी छ ।
‘सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनवाट दिन खोजिएको सन्देश’ भन्ने शिर्षकमा सो सन्दर्भ जोडेका हुन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij