२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

बुटवलमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु

बिहिवार , श्रावण १८, २०८०

बुटवल, १८ साउन । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । 
बुटवलको वडा नम्बर ३ चिडियाखोलाबाट खोज र नष्ट गर अभियान शुरु भएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए । 

अभियान अन्तरगत चिडियाखोलाको बस्तीमा पानी जम्ने स्थानको खोजी तथा लार्भा बस्न सक्ने स्थानको खोजी गरी नष्ट गरिएको छ। अभियानका क्रममा वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालले अभियानलाई घरघरमा पुर्याउनुपर्ने बताए । उनले घरमा पानी जम्ने र घरको छत तथा अन्य क्षेत्रमा पानी जम्ने स्थानमा पानी जम्न नदिन आग्रह गरे । 

अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्थानीयसहितको सहभागिता रहेको थियो । अभियान १९ वटै वडामा नियमित रुपमा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।