
बिहिवार , श्रावण १८, २०८०
सियारी, १८ साउन ।
शाइन रेसुङगा डेभलपमेण्ट बैंक लिमिटेडको आयोजनामा वृक्षारोपण कार्यक्रम भएको छ । शाईन गो ग्रीन प्रोजेक्टअन्तर्गत भैरहवा क्लस्टर अन्तर्गत रहेका सातवटा शाखाले बिहीबार रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ मा रहेका दुईवटा शैक्षिक संस्थामा वृक्षारोपण गरेका हुन् ।
बैंकले सियारी–४ मा रहेको लिलाधर घिमिरे छपिया जनता कलेज र बालकल्याण प्राथमिक विद्यालयमा विभिन्न एक सय प्रजातिका वृक्षारोपण गरेको बैंकका छपिया शाखा प्रबन्धक राजु शर्माले जानकारी दिए ।
भैरहवा क्लस्टर प्रमुख सतिशकुमार द्विवेदी, सिद्धार्थनगर शाखा प्रमुख प्रदिपकुमार पौडेल, भैरहवा शाखा प्रमुख ममता कुर्मी, सुर्यपुरा शाखा प्रमुख दिनेश थारु, पर्सा शाखा प्रमुख किरण आचार्य, बैंकका कर्मचारीहरु लगायतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कलेज प्रमुख लोक शर्मा बस्याल, विद्यालयका अध्यक्ष शिव भण्डारी, प्रधानाध्यापक नगेन्द्र यादव लगायतले बोल्दै बैंकको सहकार्यमा लगाइएको विरुवाको संरक्षणमा कलेज र विद्यालयले समन्वय गर्ने बताएका थिए ।
बैंकले गत वर्ष आफ्नो १४ औं वार्षिक उत्सवको अवसर पारेर १४ हजार बढी वृक्षारोपण गरेको थियो । देशभर गरी ८८ वटा शाखा कार्यालय, एउटा एक्टेन्सन काउन्टर, १६ वटा एटीएम ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा सुविधा दिदै आइरहेको बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij