२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

सुन तस्करीमा म संलग्न छैन : महरा 

बिहिवार , श्रावण १८, २०८०

काठमाडौं, १८ साउन । 
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महाराले आफू सुन काण्डमा संलग्न नभएको जनाएका छ । चिनिया व्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन् । 

उनले सो प्रकरणमा अनुसन्धान गर्न आफूले सघाउने पनि जनाएका छन् । ‘केही दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरी पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,’ महराले भनेका छन, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’