
बुधवार , श्रावण १७, २०८०
काठमाडौं, १७ साउन ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij