२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

मंगलवार , श्रावण १६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएको कोशी प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। मंगलबार उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्।

    कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउनका लागि गौतमले राजीनामा दिएका हुन्। सत्ता गठबन्धनका निम्ति ४७ सांसदको हस्ताक्षर सुनिश्चित गर्न उनले राजीनामा दिएका हुन्।

    यसअघि उनले सभामुखको पदमै रहेर थापाका निम्ति हस्ताक्षर गरेका थिए। सोही हस्ताक्षरसमेतका आधारमा उनी मुख्यमन्त्री समेत भएका थिए। तर त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएको थियो।