
मंगलवार , श्रावण १६, २०८०
काठमाडौं, १६ साउन ।
राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच मंगलबार (आज) एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमतिअनुसार आज एकता हुन लागेको हो ।
आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार दिउँसो २ बजेवाट उक्त एकतासभाको औपचारिक कार्यक्रम सुरु हुनेछ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिएअनुसार आज एकता सभा हुन लागेको हो । महामन्त्री राजाराम बर्तौलाले सो एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij