२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

जनसांस्कृतिक महासंघ नेपाल रुपन्देहीको अध्यक्षमा रिजाल

सोमवार , श्रावण १५, २०८०

रुपन्देही, १५ साउन । 
जनसांस्कृतिक महासंघ नेपाल, रूपन्देहीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार बुटवलस्थित सहिद स्मृति भवनमा भएको सम्मेलनले कवि सुवास रिजालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा उपप्राध्यापक केशव शर्मा बेलबासे र डा. चन्द्रभुषण दुवे, सचिवमा सरोज भण्डारी सर्वहारा, सह–सचिवमा विवेक शर्मा, कोषाध्यक्षमा हिरादेवी शर्मा र सदस्यहरूमा सुरज घिमिरे, महेन्द्र कुर्मी, खेम प्रसाद गुरुङलगायत रहेको महासंघले जनाएको छ । 

साथै जिल्ला सल्लाहकारमा प्रा. डा. नारायण बेलबासे, रुद्र शर्मा ‘दुखी’, रिज्जु श्रेष्ठ, यज्ञलाल सुवेदी र सुजित विक रहेको जनाइएको छ । 

सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का रुपन्देही जिल्ला संयोजक नारायण जि.सी. (निर्मल) ले  जनयुद्धको क्रममा चाहे आन्दोलनको विकासमा होस् चाहे अहिलेको व्यवस्था प्राप्ति र उपलब्धिमा होस्, सांस्कृतिक मोर्चाको भूमिका नकार्न नसकिने बताए । उनलेले साँस्कृतिक आन्दोलनको एउटा छुट्टै विरासत बोकेको रूपन्देही जिल्ला भएकाले यस क्षेत्रमा महासंघले जनयुद्धको सौन्दर्यशास्त्र, उपलब्धीलाई सिर्जनाका माध्यमबाट विकास गर्नुपर्ने बताए । नेता जि.सी.ले महासंघलाई थप नयाँ ढंगबाट अगाडि बढाउन सुझाव दिँदै यसका लागि जिल्ला पार्टीका तर्फबाट आफूले कुनै पनि किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य सुजित विक, रिज्जु श्रेष्ठ, महासघंका प्रदेश अध्यक्ष कविराज पौडेल, फ्याक्सन इञ्चार्ज   चन्द्रप्रकाश घर्ती, वरिष्ठ साहित्यकार गुरुदत्त ज्ञवाली, माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रीय सचिव सुदीप न्यौपाने, ललितकला संघ लुम्बिनी प्रदेशका संयोजक खेम विकलगायतको उपस्थिति रहेको थियो ।

नेकपा (माओवादी केन्द्र) का रुपन्देही जिल्ला संयोजक नारायण जि.सी. (निर्मल) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलाकार तथा स्रष्टाहरूले गीत तथा कविताहरू प्रस्तुत गरेका थिए ।