२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचार बिरुद्धमा बोल्ने नसक्ने अवस्थामा पुग्यो : केपी ओली

शुक्रवार , श्रावण १२, २०८०

काठमाडौं, १२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचार बिरुद्धमा बोल्ने नसक्ने अवस्थामा पुगको टिप्पणी गरेका छन् ।

शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्र पक्ष र भ्रष्टाचार बिरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् । उनले अहिले माओवादीको ढाकर बोलेर कांग्रेस लुरुलुरु हिड्नुपरेको तर्क गरे ।

त्यस्तै ओलीले यसअघि पार्टी एकीकरण गरेपनि थाक्रोजस्तो भएको बताए । पार्टी एकता गरेपनि वास्तविक रुपमा एकता नभएको र तत्कालिन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको उनले बताए । ओलीले पार्टी र सरकारमा व्यवधान भएपनि देश र जनताका लागि दृढतापूर्वक काम गरेको दावी गरे । ओलीले एमालेसंग मुलुक बनाउने सहि बिचार भएकाले पुनः ठूलो पार्टीमा फर्कने दावी गर्नुभयो । उनले मौलिक राष्ट्रियधारको प्रतिनिधि एमाले भएकाले देशको अस्तीत्वका लािग पनि एमाले हार्न नमिल्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले बिभिन्न जनसंगठनहरु पुनर्गठन भएपनि सम्मेलन नभएको भन्दै सम्मेलन नहुने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।