images

शुक्रवार, बैशाख २१ गते २०८१

चक्रव्यूहमा कांग्रेस

चक्रव्यूहमा कांग्रेस

images
images
images
बिहिवार, श्रावण ११ २०८०
बिहिवार, श्रावण ११ २०८०
  • चक्रव्यूहमा कांग्रेस

    एका बिहानै उठें करीब चार बाजेको हुँदो हो, टाउको नराम्रो गरी भारी भएको थियो दुखेको चाँही थिएन । म आफैँलाई प्रश्न गरें, हैन किन यस्तो भयो ? पहिला पंचायतकालका पनि बेला बेला टाउको भारी गर्दथ्यो । बहुदल आएपछि किशुनजी सत्ता बहिर्गमनमा यस्तै भएको थियो । गणेशमानजीले नेपाली कांग्रस छोड्दा पनि यस्तै भएको थियो । धेरै सोच विचार गरे, मेरो टाउको भारी हुनमा मुख्य गरेर राजनैतिक कारणनै भन्ने ठहर गरें । आज एकाबिहानै किन टाउको भारी भयो ? कारण पत्ता लाग्यो तर कुन राजनैतिक कारण वा घटनाले टाउको भारी भयो त ? सोचें धेरै अनि दिमागमा चलिरहेका नेपाली कांग्रेसको केन्द्रिय कमिटी बैठकमा गएर ठोक्कियो । त्यो दिमागमा आउने बित्तिकै पच्चिस प्रतिशत दुखाइ कम भयो ।

    images
    images
    images

    चक्रव्यूहमा परेका अभिमन्यू रुपी दुईभाईको सम्झना आयो । किन बेकारमा झमेला गरेका हुन्, शक्ति, पैसा तागतको भरमा कसरी घेर्न सकिन्छ भन्ने राम्रो उदाहरण बन्यो । नेपाली कांग्रेस अन्तिम ऐतिहासिक मृत्यु संघारमा उभिएको अनुभव त्यति बेला भयो जब एक विदुषीले रामायण र महाभारतको उदाहरण प्रस्तुत गर्दै राजनीतिमा भएका घिनलाग्दा खेलहरुको पक्षपोषण गरिहेकी थिइन् । 
    रामायाण र महाभारतमा कति यस्ता सामाग्रीहरु छन् जसमा जहिले पनि सत्यको विजय भएको छ , कालो करतूत, हैकमबाद बहुमतको आढ फासीबाद  पक्षपोषण गर्दैन रामायण, महाभारतले ।

    राजनीतिमा कसले कति पटक जित्यो वा प्रधानमन्त्री भयो त्यो महत्वपूर्ण व्याक्तिगत रुपमा मानिएला समष्टिमा भने लोककल्याण नै हो । वि. पी.ले छोटो अवधीमा जनतालाई के के दिए ? र धेरै पटक प्रधानमन्त्री हुनेले के दिए ? जनताले त हेरीरहेका होलान् नी ! जब राजनीतिमा परिवारवाद हावी हुन्छ सम्झनु पर्छ त्यो विनाशको खाडलमा छ । नेपाली समाजले धेरै कर्तुतहरु हेरीरहेका छन् । 
    कस्ता पात्रहरुले तपाई हामीलाई राजनैतिक शिक्षा दिइरहेका छन् – त्यो अत्यन्त महत्वपूर्ण हुन्छ । चोर डाँका फटाहाले चोरी गर्नु, डाका डाल्नु पाप हो भनेर त्यसकै पछि लाग्नेहरुको बाहुल्य भएको देखियो नेपाली कांग्रेस राजनीतिमा । नेतृत्वदायी भूमीका खेल्ने नेता निस्कलंक हुनु पहिलो शर्त हो । राजनीतिमा को व्यक्ति ? कसको नाता ? को सँग सम्बन्ध छ ? यि प्रश्नहरु जहाँ महत्वपूर्ण मानिन्छन् त्यहा  राजनीति धरासायी हुन्छ  ।

    नेपाली कांग्रेस भित्रका प्रखर युवा नेताहरुको मुल्याङ्कन सत्तामा पुगेपछि मात्र हुने हो । यिनीहरुले जे बोल्छन् त्यो पुरा गर्छन् गर्दैनन् हेर्न बाँकी छ ।  राजनीतिलाई पेशा बनाएर कमाइ खाने भाँडो बनाउनेहरुलाई अब नेपाली जनताले झापड दिने दिन आइसक्यो । कुनै राजनीतिकर्मी निर्दोष छ र उसलाई दोष लगाइयो भने उ आफैले आफूलाई राजनीतिक पदबाट मुक्त गर्न सक्नु पर्दछ, नैतिकता देखाउन सक्नु पर्दछ । सारा पार्टी संयन्त्र बचाउने तिर लाग्यो भनें शंका त रहन्छ नै ।

    एउटा छोटो कथा सानैमा सुनेको हो, एउटा अत्याचारी राजा थियो त्यो जहाँ जान्थ्यो त्यहाँ उपद्रो मच्याँउथ्यो त्यसलाई रोक्न सक्ने कोही भएन, बहुमत भारदार उसकै पक्षमा थिए । एकदिन त्यसलाई मार्न खोज्यिो कति गर्दा पनि त्यो मरेन । विष ख्वाइयो, भालाले राती सुतेको बेलामा रोपियो तर उ मरेन । मानिसहरु आश्चर्यमा परें । राजा विरोधी भारदारहरु एक महात्माकोमा गएर सबै बेलिविस्तार गर्छन्, महात्मा गम्भिर हुन्छन् जोखाना हेर्छन् र भन्छन् –“राजाको मृत्यु राजाले पालेको सुगामा छ ।” बल्ल रातको समयमा सुगा मार्छन र राजा मर्छन् ।

    शंकै शंकाले लंका दहन हुन्छ भन्छन् जानकारहरु कहीं नेपाली कांग्रेसका अधिकांश केन्द्रिय नेताहरुको राजनैतिक भविष्य सुगा रुपी जेल निवासीमा त अल्झिएको छैन ?

    कहीं सुगाले राधा कृष्ण कहो पो भन्ने हो की ? डरै डरमा अढेको यो राजनीति !

    सानो तर पुरानो कथा भनौं एकादेशमा दुइजना विवाहित जोडी थिए । ति दुवै प्रखर विद्वान एवं गिताका ज्ञाता । दुबैको वादविवाद गिताको श्लोकहरुबाट हुन्थ्यो । एवं रितले दिन वित्दै गए – बुढा र बुढी दुबै खुशी नै थिए तर बुढीमा कामोत्तेजना अत्याधिक बढेर गयो सो पूर्ति गर्न बुढा सक्षम भएनन् । उनी परपुरुषहरुलाई घरमै बोलाएर यौन संसर्ग गर्न थालिन । यो देखेर  बुढाले उनलाई सम्झाए, गाली गरे तर श्रीमतिले जहिले पनि तर्क दिन्थिन् –“हजुर यो शरिरको के माया गर्नुहुन्छ, यो नाशवान छ, आत्मा अजय छ, अमर छ, आत्माल न कसैलाई मार्छ न मारिन्छ”

    य एनं बेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।

    उभौ तौ न विजानीतो नायं हन्ति न हन्येत ।।

    आफु पनि गिताको प्रकाण्ड विद्वान तर घरमा फेरि फेरि पुरुषहरुको आगमनले उ दिक्क पर्छ । आफ्नी स्वास्नीको तर्क सही लागे पनि उ चूप बस्न पनि सक्तैन । एक दिन घुम्दै घुम्दै एकजना महात्माकोमा पुग्दछ र आफ्नो सारा दुःख पोख्दछन् । महात्माले उनलाई कानमा एउटा मन्त्र सुनाइदिन्छन् र मन्त्र प्रयोग गर्न आदेश दिन्छन् । घरमा एउटा नाठोसँग अर्धनङ्गन अवस्थामा श्रीमतिलाई देख्नै वित्तिकै ढोकाको आग्लो (गरालो) निकालेर ड्याम कि ड्याम हान्छन् । बुढी चिच्याउँछे कराउँछे लगातार बुढाले आग्लोले पिटेको पिटै गर्छ । बुढो भन्छ “किन रुन्छेस् नास भएर जाने शरिरको लागि ? आत्मा त अमर छ ।”

    “माफ गर्नु होस् भो! भो ! म अधमरो भइसके गिताको गलत अर्थ लगाएँछु ।” कथा यति हो नेपाली कांग्रेस केन्द्रिय कमिटीमा सुनाइएको रामायण र महाभारतको कथा पनि मलाई चाँहि यस्तै लाग्यो , तपाईलाई नि ?  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij