
बुधवार , आश्विन २९, २०८२
बुटवल, २९ असोज । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति प्राप्त सरकारी चिकित्सकहरुले निजी क्लिनिकमा जान थालेको भन्दै कडाइ गरेको छ । मन्त्रालयले बुधबार आफू मातहतका सरकारी अस्पतालहरुलाई परिपत्र गर्दै ‘सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ कडाइका साथ पालना गर्न निर्देशन गरेको हो ।
उक्त कार्यविधि अनुसार नियुक्त भएका विशेषज्ञ चिकित्सकहरुले सेवा अवधिभर निजीरुपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने प्रावधान रहेको र उक्त नियमको उल्लंघन गरेमा लाइसेन्स निलम्बन गरिने मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारको कार्यविधिविपरित चिकित्सकहरुले निजी क्लिनिकमा समय दिने गरेको गुनासो बढेपछि यसलाई कडाइका साथ पालना गर्न निर्देशन जारी गरिएको उल्लेख गर्नुभयो ।
यदी कुनै पनि सरकारी चिकित्सकले उक्त नियमको परिपालना नगरेको अवस्थामा मन्त्रालयले निर्ममतासाथ कानूनी कारवाहीमा अघि बढ्ने उहाँले चेतावनी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij