
बिहिवार , श्रावण ११, २०८०
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उनको नियुक्त बदर गरेको हो ।
सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोगलाई सर्वोच्चले असंवैधानिक भएको ठहरसमेत गरेको छ । सभामुख गौतमको हस्ताक्षर प्रयोग गरी थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सरकार गठन गर्दा सभामुखसमेतको हस्ताक्षर प्रयोग गरेर अवैधानिक सरकार गठन गरेको दाबी गर्दै एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा २२ असारमा रिट दर्ता गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij