२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान

बिहिवार , श्रावण ११, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, ११ साउन । 
    निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।

    आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले आजदेखि आवेदन दिन सक्नेछन् । आयोगकाअनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म दिन सकिनेछ ।  आवेदन अनलाइनबाट दिन सकिनेछ ।