२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल (फोटोफिचर)

बुधवार , श्रावण १०, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १० साउन । लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ ।

    बुधबार आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ ।माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्‍यालीलाई नयाँबानेवश्रको निषेधित क्षेत्रमा पुगेपछि  प्रहरीले रोकेको थियो  नयाँबानेवश्रस्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो । 

    घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौ केन्द्रित आन्दोलन जारी राखेका छन् ।