२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

ग्रिसमा जंगलकाे आगो निभाउन गएको विमान दुर्घटना

बुधवार , श्रावण १०, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • एथेन्स, १० साउन । ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ ।

    सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ ।

    मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।

    हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानियलाइ स्थानतरण गरेर जंगलमा लागेको आगो  निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ ।