
बुधवार , श्रावण १०, २०८०
भैरहवा, १० साउन ।
काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । २०७९ सालको एसईई परीक्षामा उतीर्ण भइ कक्षा ११ मा अध्ययन गर्दा के कस्ता नियम, अनुशासन, विषय, शिक्षण गर्नुपर्ने तयारी लगायतका विषयमा मंगलबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले यस क्षेत्रमा शैक्षिक इतिहास बनाउन सकेको विद्यालयले जिल्ला तहमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
कार्यक्रममा विद्यालयका कक्षा ११ का कोओर्डिनेटर दीपक काफ्लेले कक्षामा अध्ययन गर्दा विद्यालयका नियम पालन गर्नुपर्ने कुराहरु र भविष्य बनाउने समयको महत्वका बारेमा बोलेका थिए । कार्यक्रममा शिक्षक डिलाराम पाण्डे, पूर्व विद्यार्थी सिद्धान्त पाण्डे लगायतले बोल्दै काशी नोबल एकेडेमीको शैक्षिक यात्राको शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य श्री रायमाझी, शिक्षक तेज प्रसाद पन्थ, कमल कोइराला, फिरोज खान, डीबी थापा, मुरली सिंह, धनिश्वर तिमिल्सिना, डा.नविन पन्त, विपिन कुमार शाहलगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका कोर्डिनेटर निर्मल हुमागाइको स्वागत मन्तव्य तथा प्लस टु का कोओर्डिनेटर हरि प्रसाद आचार्यको सन्ञलनमा सम्पन्न कार्यक्रममा १२० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए । २०५२ सालमा स्थापना भएको विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । हालै प्रकाशित एसईईको नतिजामा काशी नोबल एकेडेमीबाट जिल्ल्ला प्रथम अमन बेलबासे भएको विद्यालयको दावी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij