
सोमवार , श्रावण ८, २०८०
काठमाडौं, ८ साउन ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बन्ने आफ्नो प्रयास जारी नै रहने बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले नेतृत्व परिवर्तनको विषयले नेपाली राजनीतिमा प्रवेश पाउनुपर्ने र आफू त्यसका लागि लागिपर्ने बताए ।
उनले पहिलो प्रयास असफल भए पनि आफूले दोस्रो प्रयास गर्ने प्रष्ट पारे । ‘पहिलो प्रयासमा सफल भइनँ । मैले फेरि अर्को प्रयास गर्नै मिल्दैन ?,’ उनले प्रश्न गरे, ’अवश्य मिल्छ । पार्टीको विधानले, संसदको नियमले मिल्छ ।’
उनले आफू कर्ममा विश्वास गर्ने भन्दै संसदीय दलको नेता बन्न गाह्रो भए पनि प्रयास नछाड्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij