images

बुधवार, बैशाख २६ गते २०८१

लुम्बिनी विकास कोषको परिषद् बैठकमा नीति कार्यक्रम र बजेट पेश  

लुम्बिनी विकास कोषको परिषद् बैठकमा नीति कार्यक्रम र बजेट पेश  

सम्पदाहरुको मौलिक खोजी गरी संरक्षण गरिन्छ : मन्त्री किराँती 

images
images
images
सोमवार, श्रावण ८ २०८०
सोमवार, श्रावण ८ २०८०
  • लुम्बिनी विकास कोषको परिषद् बैठकमा नीति कार्यक्रम र बजेट पेश  

    भैरहवा, ८ साउन ।
    लुम्बिनी विकास कोषको आर्थिक वर्ष ०८०/८१ को नीति कार्यक्रम तथा बजेट परिषद् बैठकमा पेश भएको छ । कोष ऐन २०४२ अनुरुप परिषदबाट नीति कार्यक्रम र बजेट पेश गर्ने प्रावधानअनुसार सोमबार लुम्बिनीमा बसेको परिषद् बैठकमा नीति, कार्यक्रम र बजेट पेश भएको हो । 

    images
    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष भिक्षु मैत्तयले आर्थिक वर्षको प्रगति, कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रम र सदस्य सचिव सानुराजा शाक्यले नीति कार्यक्रम परिषदमा पेश गरेका हुन् । कोषाध्यक्ष भट्टराईले नेपाल सरकारतर्फको ४५ करोड र आन्तरिकतर्फ २३ करोड ३ लाख बराबरको बजेट प्रस्ताव परिषदमा पेश गरेका हुन् । 

    परिषद् बैठकमा मन्त्री किराँतीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको मुहानका रुपमा विकास गर्ने गरी कार्ययोजनासहित काम गर्न आग्रह गरे । परिषदको बन्दसत्र अघि उद्घाटन सत्रमा मन्त्री किराँतीले किराँतीले पुर्खाहरुले जोगाएको सम्पदाहरुको खोजी गरी संरक्षण गर्ने बताए । सम्पदाहरुलाई संस्कृति र प्रकृतिमैत्री रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

    मन्त्री किराँतीले गौतमबुद्धले विश्व शान्तिका लागि वैचारिक रुपमा क्षेप्यास्त्र संसारभर फैलाएको बताए । उनले लुम्बिनीलाई विश्व शान्तिको रुपमा विकास गर्ने गरी नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मन्त्रालय समालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताउँदै अब लुम्बिनीको विकासका लागि एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । 

    परिषद् बैठकको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुगन्धको रुपमा विश्वसामू चिनाउनुपर्ने बताइन् । उनले लुम्बिनी पवित्रस्थलका रुपमा विकास गर्नका लागि सम्पूर्ण पक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिइन् । राज्यमन्त्री ठकुरीले गौतमबुद्धकै कारण नेपाल देशको परिचय विश्वभर भएकाले लुम्बिनीलाई कसैको स्वार्थमा राख्न नहुने बताइन् । 

    उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले कोषमा रहेका विभिन्न नीतिगत समस्याहरु हल भएको र गुरुयोजनाका कामहरु पूरा हुने चरणमा रहेको बताए । उनले गुरुयोजनाको काम अबको ३ बर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब बजेट आवश्यक पर्ने बताए । 

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सह–सचिव राजन केसी, सहित कोषका पदाधिकारी, कार्यकारिणी सदस्य, परिषद सदस्यहरुको सहभागिता थियो । परिषद बैठकमा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, लेखा निर्देशिका २०८०, विद्युतीय गाडी सञ्चालन सम्बन्धी कार्यविधि तथा प्रतिवेदन २०७९ समेत पेश गरिएको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij