
सोमवार , श्रावण ८, २०८०
भैरहवा, ८ साउन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको बजेटले दिर्घकालीन रुपमा राम्रो नतिजा ल्याउने दावी गरेका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने भन्दै अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने दावी गरे । उनले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रलगायत बजार चलायमान हुने जिकिर गरे ।
उनले सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेकाले सुन प्रकरणलगायतका भष्ट्रचारका मुद्दाहरुलाई जरैदेखी पुगेर अनुसन्धान गरिरहेको दावी गरे । उनले सूचना प्राप्त भएका कारण नै अवैध सुनलाई नियन्त्रणमा लिएको र आगामी दिनमा भन्सारमा देखिने कमजोरी हटाउन प्रविधिको विस्तारमा ध्यान दिइने जिकिर गरे ।
नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. महतले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण गरेर नयाँ प्रयोग गरेको बताए । उनले प्रत्यक्ष प्रशारणले कांग्रेसको यथार्थता जनताले बुझेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij