२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

प्रधानमन्त्री प्रचण्ड रोममा

आइतवार , श्रावण ७, २०८०

  • 745
    Shares
  • 745
    Shares
  • काठमाडौं, ७ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा पुगेका छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड रोम पुगेका हुन् । शनिबार साँझ काठमाडौंंबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार साढे ७ बजे रोम पुगेकोे उनको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई रोमस्थित अष्ट्रियाकाा लागि नेपाली राजदूत भरतकुमार रेग्मी तथा इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि भ्रमण टोलीमा छन् ।

    newskarkahna-news547064..jpg

    ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।