२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सन शाइनमा शिक्षकका लागि तालिम, ३६ जनाको सहभागीता

शनिवार , श्रावण ६, २०८०

भैरहवा, ६ साउन ।
सन शाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर, रुपन्देहीले शिक्षकहरुका लागि एकवर्षे तालिम सञ्चालन गरेको छ । विद्यालयले चिल्ड्रेन डेभलपमेन्ट एण्ड अर्ली चाइल्ड केयर तथा करीकुलम डेभलपमेन्ट ट्रेनिङ (पाठ्यक्रम विकास तालिम) सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल निकेशदेव हटुवालले बताए । चिल्ड्रेन डेभलपमेन्ट एण्ड अर्ली चाइल्ड केयर ट्रेनिङ ईसीईसी इन्ष्टिच्युटले सहजीकरण गरेको उनले बताए ।

शिक्षकहरुको क्षमता अभिवृद्धि र शिक्षकले पढाएका कुराहरुलाई विद्यार्थीहरुले बुझ्न अझ सहज होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हटुवालले जानकारी दिए । उनका अनुसार दुवै तालिममा गरी ३६ जनाको सहभागीता रहेको थियो । उनले भने, ‘विगतमा पनि यस्तो खालका तालिम सञ्चालन गरेका थियौं । ’

त्यस्तै करीकुलम डेभलपमेन्ट ट्रेनिङको सहजीकरण सुदेशा स्कूल काठमाडौंकी प्रिन्सिपल विरंगना महर्जनले गरेकी थिइन् ।

362690350_1781305408951434_1528971767531725361_n.jpg