२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

उपेन्द्र यादवविरुद्ध निर्वाचन लड्ने शिवचन्द्र कुशवाहा पार्टीबाट निष्काशित 

बिहिवार , श्रावण ४, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, ४ साउन । 
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहा कारवाहीमा परेका छन् ।

    उपनिर्वाचनको संघारमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार भएका कुश्वाहा अनुशासनको कारवाहीमा परेका हुन । उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए । 

    जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई. दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको हो । 

    त्यसै गरी सप्तरीका गुलाब मण्डल, शंकर खडका र कपिलवस्तुका भगवनादास यादवलाई १ वर्ष तथा रुपन्देहीका भोपेन्द्र यादवलाई ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीले जनाएको छ ।