२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

कांग्रेस केन्द्रीय समिति बैठकमा मंगलबार के–के भयो?

मंगलवार , श्रावण २, २०८०

काठमाडौं, २ साउन । 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको हो । दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए ।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेश भएको छ । 

त्यसै गरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । भोलिबाट प्रत्येक केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि ७ मिनेटको समय उपलब्ध गराइने बताइएको छ ।

newskarkahna-news544640..jpg