२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

७ लाख सदस्य बनाउन कांग्रेसको एकवर्षे अभियान

मंगलवार , श्रावण २, २०८०

काठमाडौं, २ साउन । 
नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगन थापाले ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरेका छन् । 

१ साउन २०८० देखि ३१ असार २०८१ सम्म एकवर्षे उक्त अभियानले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्न सकिने भन्दै उनले यस अभियान कम्तिमा ५ देखि ७ लाख पार्टी सदस्य बनाउने उद्देश्यकासाथ गरिने जानकारी दिए ।