
मंगलवार , श्रावण २, २०८०
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ जनकपथस्थित काशी नोबल एकेडेमी उत्कृष्ट विद्यार्थीहरुको रोजाइमा पर्न थालेको छ । २०५२ सालमा स्थापना भएको यो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । २०७३ भदौ २० गते कक्षा ११ को स्वीकृति भएको विद्यालयले २०७४ देखि कक्षा ११ सञ्चालन सुरु गरेको थियो ।
एसईई परीक्षामा प्रत्येक वर्ष विद्यालयले उत्कृष्ट नतिजा ल्याइरहेको छ । २०६३ मा ६, २०६४ मा २६, २०६५ मा १८, २०६६ मा ३६, २०६७ मा ३१, २०६८ मा ४९, २०६९ मा ६५, २०७० र ७६ जना विद्यार्थी एसएलसी/एसईई परीक्षामा सहभागी भएका थिए ।
त्यस्तै २०७१ मा ९५, २०७२ मा ७९, २०७३ मा ८०, २०७४ मा ८८, २०७५ मा ९१, २०७६ मा ९०, २०७७ मा १०१, २०७८ मा ११० र २०७९ मा ९७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । २०८० सालमा ११३ विद्यार्थीले विद्यालयबाट एसईई परीक्षा दिने विद्यालयले जनाएको छ ।
२०७९ सालको एसईई परीक्षामा काशी नोबल एकेडेकमीका विद्यार्थी अमन बेल्बासेले ३ दशमलव ९५ जीपीए ल्याएका छन् । एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले बेल्बासेले जिल्लामै सबैभन्दा उत्कृष्ट अंक ल्याएको बताए । उनले भने ‘अहिलेको ग्रेडिङ्ग प्रणालीअनुसार अमनले ल्याएको अंक निकै उत्कृष्ट हो ।’ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का अमन बेल्बासे १७ औं ब्याचका विद्यार्थी हुन् । अहिलेसम्म यस विद्यालयबाट १ हजार १ सय ३८ जना विद्यार्थी उत्तिर्ण भएको प्राचार्य घिमिरेले जानकारी दिए ।
त्यस्तै २०७९ सालको एसईई परीक्षामा जीपीए १.६ भन्दा माथि २.० भन्दा कम ल्याउने विद्यार्थीको संख्या २, जीपीए २.० भन्दामाथि र २.४ भन्दा कम ल्याउनेको संख्या १०, २.४ भन्दा माथि र २.८ भन्दा कम ल्याउनेको संख्या २८, २.८ भन्दामाथि र ३.२ भन्दा कम ल्याउनेको संख्या २६, ३.२ भन्दा माथि र ३.६ भन्दा कम ल्याउनेको संख्या २२ र ३.६ भन्दा माथि ४ भन्दा कम ल्याउनेको संख्या ९ रहेको छ ।
त्यस्तै कक्षा १२ को परीक्षामा काशी नोबल एकेडेमीका विद्यार्थीहरु सिद्धार्थनगर नगरपालिकामै प्रथम (टपर) भएका थिए ।
कक्षा १२ को परीक्षामा सहभागी भइ २०७६ मा सिद्वान्त पाण्डेले ३.७०, २०७९ मा शिवम कुमार मिश्राले ३.६५, कुसुम शर्माले ३.६४ र सिया लिम्बुले ३.६४ जीपीए प्राप्त गरेका छन् ।
काशी नोबल एकेडेमीमा हाल (कक्षा नर्सरीदेखि १० सम्म) १ हजार ३ सय ४१ विद्यार्थी, ६८ शिक्षक, २८ कर्मचारी र ७ जना प्रशिक्षकहरु छन् ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेका अनुसार कक्षा १२ मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एकाउण्ट, फाइनान्स, अर्थशास्त्र, बिजनेश म्यात विषयको पढाइ हुन्छ । विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिएको छ । यहाँ अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयले विभिन्न खेलकुद प्रतियोगितामा पनि सहभागी गराउँदै आएको छ ।
विद्यालयका प्राचार्य घिमिरेले भने, ‘गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको काशी नोबल एकेडेमीले विद्यार्थी चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापलाई जोड दिएको छ । यहाँ चेस, क्रिकेट, कराँते, नृत्य, संगित, कला सिकाइन्छ । ’ विद्यालयमा सुविधासम्पन्न पुस्तकालय, कम्प्युटर सुविधा, यातायात सुविधा, अतिरिक्त क्रियाकलापको व्यवस्था रहेको उनले बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम जैसीले २१ औ शताब्दीअनुसार विद्यालयले सीपमा आधारित प्रयोगात्मक शिक्षालाई जोड दिएको बताए ।
विद्यालयका सह प्राचार्य श्री रायमाझीले काशी नोबल एकेडेमीले संस्थाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै चिनाउन सफल भएको बताए ।
कक्षा १२ मा ३.६५ जीपीए ल्याएका विद्यालयका पूर्व विद्यार्थी शिवम कुमार मिश्राले काशी नोबल एकेडेमी रोज्नु आफ्नो सही निर्णय सावित भएको बताए । विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालय अघि बढेको मिश्राको भनाइ छ ।
विद्यालयकी विद्यार्थी सिद्वी कुमारी कान्दुले राम्रो शैक्षिक वातावरणका कारण काशी नोबल एकेडेमी आफ्नो दोस्रो घर भएको बताइन् । उनले दक्ष शिक्षकशिक्षिका तथा राम्रो प्रशासनीक टीमका कारण विद्यालय अब्बल रहेको बताइन् ।
त्यस्तै विद्यालयका पूर्व विद्यार्थी तथा जापानबाट सिभिल इञ्जिनियरिङमा पी.एच.डी. उपाधि हासिल गरेको निरज मल्ल ठकुरीले डेढ दशक अघि आफूले काशी नोबल एकेडेमीबाट एस.एल.सी. परीक्षा उत्तिर्ण भएको बताए । उनले भने, ‘मेरो विद्यालय जीवनमा काशी नोबल एकेडेमीको भूमिका महत्वपूर्ण छ । आज पनि म विद्यालयका शिक्षकहरुलाई सम्झन्छु । विद्यालय परिवारप्रति आभारी छु ।’
विद्यालयकी पूर्व विद्यार्थी (ब्याच–२०६४) तथा बाइयोमेडिकल इञ्जिनियरिङमा पी.एच.डी. उपाधि हासिल गरेकी सुस्मिता अर्यालले काशी नोबल एकेडेमीले आफ्नो मुटुमा विशेष ठाउँ ओगटेको बताइन् । उनले भनिन्, ‘काशीका दक्ष शिक्षकशिक्षिका र राम्रो शैक्षिक वातावरणका कारण यहाँसम्म आइपुगेको हुँ ।’
अभिभावक उषा बेल्बासे काशी नोबल एकेडेमीको शैक्षिक वातावरणबाट यहाँ अध्ययन गर्ने विद्यार्थी पढाइप्रति आकर्षित भएको आफूले पाएको बताउँछिन् ।
विद्यालयका कोडिनेटर (संयोजक) दीपक काफ्ले, निर्मल हुमागाईं र हरि प्रसाद आचार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्ने खालका विद्यार्थी उत्पादन गर्न काशी नोबल एकेडेमी सफल भएको दावी गर्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij