२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेसबुकबाट लाइभ हुने

मंगलवार , श्रावण २, २०८०

काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । मंगलबारबाट सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठक पार्टीकै आधिकारिक फेसबुक पेजबाट लाइभ गर्न लागिएको हो । 


ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट सुरु हुने बैठक लाइभ गर्न लागिएको हो । सोमबार पदाधिकारीसहितको बसेको बैठकमा सभापति शेरबहादुर  देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए ।