
सोमवार , श्रावण १, २०८०
भैरहवा, १ साउन ।
भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीको आयोजनामा सोमबारदेखि ‘केस स्टडी’ विश्लेषण सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ । मास्टर इन बिजनेश म्यानेजमेन्ट (एम.बी.एम.) चौथो सेमेस्टर (पहिलो ब्याच) को आयोजनामा कार्यशाला सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै एम.बी.एस.का निर्देशक उप–प्राध्यापक प्रकाश भट्टराईले यस्तो खालको कार्यक्रमले विद्यार्थीहरुमा अध्ययनप्रति रुची बढ्ने र विद्यार्थीहरुको लेखन क्षमता विकासमा मद्दत पुग्ने बताए ।
पहिलो दिनको कार्यशालामा एम्स कलेजका प्रमुख दीपक ढकालले लेखन शैली, मुद्दालगायत विषयमा सहजीकरण गरेका थिए ।
कार्यशालाबाट पहिलो दिन ९० जना विद्यार्थी लाभान्वित भएको आयोजक टीमका सदस्य भिम भण्डारीले बताए । मंगलबार (दोस्रो दिन) अनुसन्धान विभागका प्राध्यपमक लक्की प्रसाद जोशीले सहजीकरण गर्ने एम.बी.एम. चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सुदिप वाग्लले बताए ।
त्यस्तै एम.बी.एम.का निर्देशक उप–प्राध्यापक दिवाकर पाण्डे र उप–प्राध्यापक मोलहु जेसवालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij