images

मंगलवार, बैशाख २५ गते २०८१

सोट्टो लुम्बिनी प्रदेशको अध्यक्षमा श्रीचन्द गुप्ता

सोट्टो लुम्बिनी प्रदेशको अध्यक्षमा श्रीचन्द गुप्ता

images
images
images
आइतवार, आषाढ ३१ २०८०
आइतवार, आषाढ ३१ २०८०
  • सोट्टो लुम्बिनी प्रदेशको अध्यक्षमा श्रीचन्द गुप्ता

    भैरहवा, ३१ असार ।
    सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टोे) नेपाल लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले श्रीचन्द गुप्ताको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दीपक भण्डारी, उपाध्यक्षमा उमाशंकर मिश्र, महासचिवमा अमृत पौद्धार, कोषाध्यक्षमा रवि कुमार मद्देशिया, सचिवमा दिनेश मल्ल र सह–कोषाध्यक्षमा दीपिका कार्की रहेका छन् ।

    images
    images
    images

    त्यस्तै सदस्यहरुमा निर्मला श्रेष्ठ बजिमय, गोपाल अग्रवाल, अरुण पौद्धार, मीरा सापकोटा, रामचन्द्र थपलिया, नलिन न्यौपाने, राजु भण्डारी तथा पूर्णप्रकाश पोखरेल रहेको निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले जानकारी दिए । नवनिर्वाचित पदाधिकारीहरुको शनिबारै पदस्थापन सम्पन्न भएको छ । 

    साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा हुनु गौरवको विषय भएको र यसको पूर्ण सञ्चालनका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । उनले पर्यटनको विकासका लागि एकजुट भएर काम गर्न आग्रह गरे ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले यस क्षेत्रमा रहेका पर्यटकीय पूर्वाधारको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । उनले रुपन्देही प्रशासन पर्यटकको सुरक्षाको लागि तत्पर रहेको दावी गरे । 

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले पर्यटक आगमनका लागि स्थल र हवाई मार्ग हुनु सकारात्मक भए पनि खासै उपलब्धी हासिल हुन नसकेको बताए । उनले नियामक निकायहरुले नियमित  चारवटा उडान गर्ने वायु सेवा कम्पनीहरुलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय अनिवार्य उडान गर्न बाध्यकारी व्यवस्था ल्याउनुपर्ने बताए ।

    सोट्टो नेपालका केन्द्रिय अध्यक्ष भुवनबहादुर पाण्डेले आफ्नो संस्था व्यवसायिक हकहितका लागि लागेको बताए ।
    पर्यटन अभियन्ता विक्रम पाँडे काजीले पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्याकेज कार्यक्रम आवश्यक रहेको बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अन्य पर्यटकको तुलनामा भारतीय पर्यटकले धेरै खर्च गर्ने भएकोले भारतीय पर्यटकले नेपालमा ल्याउन पाउने २५ हजार रुपैयाँको सीमा बढाउन आग्रह गरे ।

    सोट्टो लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जय बजिमयले सीमा नाका व्यवस्थापन र पर्यटकले भोग्नुपरेका समस्या समाधानका लागि संस्था लागिपरेको बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij