२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

शनिवार , आषाढ ३०, २०८०

काठमाडौं, ३० असार । 
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको केन्द्रिय सचिवालयको बैठक आज पनि बस्न लागेको हो ।

नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नु परेको हो । माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक हिजो शुक्रबारवाट सुरु भएको हो । 

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसदसहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सोही विषयमा सचिवालयका सदस्यहरुले आ–आफनो धारणा राखिरहेका छन् ।