२०८२, फाल्गुण २९ गते

Mar 13 2026 | २०८२, फाल्गुण २९ गते

राप्रपा लुम्बिनी प्रदेशको सह–संयोजकमा प्रकाश रिमाल 

शुक्रवार , आषाढ २९, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २९ असार ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  लुम्बिनी प्रदेशको सह –संयोजकमा सह–महामन्त्री प्रकाश रिमाललाई मनोनीत गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सह–संयोजकमा सह–महामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोकेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

    यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ । अध्यक्ष लिङ्देनले मंगलबार गठन भएको महिला विभागका पदाधिकारी र सदस्यलाई मनोनयनपत्र हस्तान्तरण गरेका छन् । 

    358208593_6382803531802799_7473625590138417383_n.jpg.jpg