२०८२, माघ १८ गते

Feb 01 2026 | २०८२, माघ १८ गते

इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान

बुधवार , आषाढ २७, २०८०

  • 844
    Shares
  • 844
    Shares
  • बुटवल २६ आषाढ । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरले एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेकाे छ ।

    मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, स्कुलका अध्यक्ष गोविन्द प्रसाद मरासिनी, संचालक रामराज पोख्रेलले विद्यार्थीहरुलाई सम्मान गरेका हुन्।

    एसइईमा सहभागी २५ जना मध्ये २ जना एप्लस ७ जना ए ,६ जना बि प्लस, ४ जना बि र ६ जनाले सिप्लस ल्याएका थिए । सो अवसरमा अंग्रेजी, गणित, कम्प्युटर, स्वास्थ्य तथा शारिरिक शिक्षा लगाएतका विषयमा ४ जिपिए ल्याउने १२ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने अन्य विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

    सो अवसरमा उत्कृष्ठ ४ जना शिक्षकहरुलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो । स्कुल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष डा. कृष्ण खरेलले सिकाई जीवनका लागि हुनुपर्ने भएकाले धेरै अंक प्राप्त गर्ने हौसिने र कम अंक प्राप्त गर्ने निरुत्साहित हुन नहुने भन्दै मेहनत गर्न छोड्न नहुने धारणा राखेका थिए ।

    कार्यक्रममा बाेल्दै स्कुलका संचालक रामराज पोख्रेलले वर्षभरिको पढाईलाई तीन घण्टे परिक्षाले विद्यार्थीको यथार्थ मुल्याङ्कन नहुने हुँदा खास मुल्याङ्कन विद्यार्थीले सिकेको सिपबाट हुने बताए। स्कुलका कोर्डिनेटर मित्रजन भण्डारीको संचालन तथा कोर्डिनेटर माया पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा एसइई २०७९ का उत्तिर्ण विद्यार्थी सजना थापाले आफ्नो धारणा राखेकी थिइन ।