
मंगलवार , आषाढ २६, २०८०
काठमाडौं, २६ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ढाँट्ने र छक्याउने काममात्रै गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको बागमती प्रदेश कमिटीको सातौं बैठकमा ओलीले सरकार गठन भएको ७ महिनामा ढांट्नु र छल्नबाहेक अरू काम नगरेको आरोप लगाए । उनले जेठ २४ गते पेस गर्नुपर्ने मिटरब्याजसम्बन्धी विधेयक असार ५ गते ल्याएर एमालेले पास गर्न दिएन भन्ने बनाएको बताए ।
वैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेश गरिएको र यतिन्जेल के हेरेर बसे भन्दै ओलीले प्रश्न गरेका छन् । ’अध्यादेशसम्बन्धि प्रतिस्थापन विधेयक राष्ट्रियसभामा असार ५ गते पेश गर्छन्, वैशाख २४ गते गर्नुपर्ने असार ५ सम्म के हेरेर बसेका होलान् ?,’ उनले भने ।
ओलीले सरकार उदासिन, लापरवाह र सामन्तको पक्षमा भएकाले नियोजित रूपमा अन्तिम दिन विधेयक पारितका लागि संसदमा ल्याइएको आरोप लगाए । संसदमा बोल्न दिएन भनेर प्रधानन्त्रीले झुट प्रचार गरेको ओलीको भनाइ थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij