मंगलवार, मंसिर १९ गते २०८०

शंकरनगर सामुदायिक वनमा पशुपालक किसानलाई पशुपालन तालिम

शंकरनगर सामुदायिक वनमा पशुपालक किसानलाई पशुपालन तालिम

images
images

खबर पात्रो

२६, आषाढ २०८०
  • 739
    SHARES
  • शंकरनगर सामुदायिक वनमा पशुपालक किसानलाई पशुपालन तालिम

    तिलोत्तमा, २६ असार । 
    शंकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा १—४ रुपन्देहीले सेवा क्षेत्रका पशुपालन व्यवसाय गर्दै आएका किसान उपभोक्ताहरुका लागि पशुपालनसम्बन्धि तालिम सञ्चालन गरेको छ ।

    पशुपालन व्यवसाय गर्दै आइरहेका किसान उपभोक्ताहरुलाई व्यवसायिक पशुपालनतर्फ प्रोत्साहित गर्ने, उत्पादन लागत कम गर्दै बढी मुनाफा कसरी आर्जन गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको वन समूहका अध्यक्ष रबिन्द्र बस्नेतले बताए ।

    images
    images

    मंगलबार र बुधबार गरी २ दिनसम्म सञ्चालन हुने तालिमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले वनलाई आयआर्जनसँग जोडेर युवा र महिलाहरुलाई रोजगारी सिर्जना हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । पशुपालन व्यवसायसँग वनको आवश्यक्ता र महत्व जोडिएको र वनको सेवा क्षेत्रका धेरैजसो उपभोक्ताहरु पशुपालन र कृषि पेशामा जोडिएका हुनाले पशुपालनमा लागेका किसानहरुका लागि तालिम उपलब्धीमुलक हुने उनले बताए ।

    ‘वन समूहका कारण हरियाली पवद्र्धन, वातावरणीय स्वच्छता, जंगल र जमिनको संरक्षण भएको छ । उनले भने, ‘वनजंगलले पशुपालन र कृषिलाई समेत टेवा पुर्याएको छ, अव वनलाई पर्यटनसँग जोडेर अगाडी बढ्नुपर्छ ।’  
    नग भित्रका किसानहरुलाई पशुपालन र कृषिमा आत्मनिर्भर बनाउन दुधमा प्रतिलिटर रु. १ र सामूहिक कृषि खेती गर्ने किसानका लागि तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिने ब्यवस्था गरेको नगरप्रमुख खाँणले बताए ।

    कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख (डीएफओ) प्रभात सापकोटाले पशुपालनसँग कृषि र वनसँग पशुपालन जोडिएकाले वनलाई वनकै रुपमा राखेर वनको खाली ठाउँमा डाले घाँस र भुई घाँसको खेती गर्न सकेमा यसले पशुपालनलाई टेवा पुर्याउनुका साथै रोजगारीको समेत सिर्जना हुने वताए ।

    उनले नेपालमा मासु, अण्डा र दूधको खपत जुनअनुपातमा बढेको छ सो अनुपातमा उत्पादन हुन नसकेको परिवेशमा सामुदायिक वनले दिने यस्ता तालिमले पशुपालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने ज्ञान र सिपको विकास हुनुका साथै उत्पादन वढाउन समेत टेवा पुग्ने बताए ।

    सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला ज्ञवाली, कोषाध्यक्ष भुवन आचार्यलगायतले बोल्दै वन समूहले सेवा क्षेत्रका कृषि तथा पशुपालन ब्यवसायमा लागेका किसान उपभोक्ताहरुको सीप र दक्षता अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।

    ३५ जना पशुपालन व्यवसाय गर्ने किसान उपभोक्ताहरुको सहभागीता रहेको दुईदिने तालिममा पशु विज्ञ डा. लक्ष्मण घिमिरे र देवीप्रसाद घिमिरेले पशुपालनमा उत्पादन लागत घटाउने, मुनाफा बढी गर्ने, पशुमा लाग्ने सामान्य रोग व्याधीको उपचार गर्ने र रोग लाग्न नदिन अपनाउनुपर्ने विधिका विषमा सहजीकरण गरेका छन् । 

     

    images
    प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - १७:२६:०१ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij