मंगलवार , आषाढ २६, २०८०
काठमाडौं । मनाङ एयरको नाइनएनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो । चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो । अहिले उद्धार कार्य चलिरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij