२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस् : गोकुल बाँस्कोटा

सोमवार , आषाढ २५, २०८०

काठमाडौं, २५ असार । 
नेकपा एमाले सांसद गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधिनताका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताए । देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनको भनाइ छ । गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले सोमबारबाट पछि हटेको छ ।