२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

बल्छी ध्रुबेसहितका कलाकारविरुद्ध अभियोगपत्र दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

सोमवार , आषाढ २५, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २५ असार । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ ( बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर)सहितका कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो । 

    वकिलको कार्यालयले सोमबार दर्ता गरेको अभियोगपपत्रमा बल्छी ध्रुबे, राजु मास्टरसहित बेगम नेपाली, एलिश राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएकोे छ । अभियोगपत्रमा उनीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।