२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

राष्ट्रियसभाको बैठक भाेलीसम्मका लागि स्थगित

सोमवार , आषाढ २५, २०८०

  • 910
    Shares
  • 910
    Shares
  • काठमाडौं, २५ असार । राष्ट्रियसभाको बैठक सरेकाे छ  ।

    संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेकाे उक्त बैठक भाेली मंगलवार बिहान ११ः०० बजेसम्मका लागि सरेकाे हाे ।संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार शुक्रवारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएकाे थियाे ।

    जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालय माथीकाे बजेट माथी छलफल हुदैँ थियाे ।

    साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी पनि छलफल हुने भन्दै सम्भाबित कार्यसुची पनि सार्बजनिक गरिएकाे थियाे ।