२०८२, चैत्र १८ गते

Apr 01 2026 | २०८२, चैत्र १८ गते

सुनवल युनाइटेडका सन्देश चापागाईले ल्याए ३.९५ जीपीए

शनिवार , आषाढ २३, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • रुपन्देही, २३ असार ।
    सुनवल–४ नवलपरासीमा अवस्थित सुनवल युनाइटेड इङ्गलिस बोर्ङिङ्ग सेकेण्डरी स्कुलका सन्देश चापागाईले ३.९५ जीपीए प्राप्त गरेका छन् ।  माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को हालै सार्वजनिक नतिजामा सुनवल युनइटेड नगरमै उत्कृष्ट नतिजा ल्याउने विद्यालय बनेको प्राचार्य धनराज चापागाईले बताए । सुनवल नगरमा सर्वोत्कृष्ट जीपीए ३.९५ प्राप्त गर्ने विद्यार्थी सन्देश चापागाई लगायत शतप्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल एवं प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईले विद्यार्थी र शिक्षकको अथक मिहिनेत तथा अभिभावकको  निगरानीका साथ विद्यार्थीहरुको क्षमतालाई प्रष्फुटन गर्न विद्यालय हरतरहले लागि परेकाले यो सफलता हासिल गरिएको बताए । 

    एसईई नतिजामा मात्र नभएर नगर, जिल्ला, प्रदेश तथा राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न समयमा आयोजना हुने अतिरिक्त क्रियाकलाप प्रतियोगितामा पनि विद्यालयले पटकपटक थुप्रै ऐतिहासिक सफलता प्राप्त गर्दै आइरहेको प्रिन्सिपल चापागाईले बताए ।