
बिहिवार , आषाढ २१, २०८०
काठमाडौं, २१ असार ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफल सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तीर्ण सबै विद्यालयलाई बधाई दिएका छन् । बधाई दिँदै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रुचीको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् ।
‘अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अंकको आधारमाभन्दा पनि आफ्नो आन्तरिक रुचीको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्,’ ओलीले सामाजिक संजालमा लेखेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij