२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सन्धिखर्कको रविचित्र मावि कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट

बिहिवार , आषाढ २१, २०८०

अर्घाखाँची, २१ असार । 
सन्धिखर्क–१ हटारीनेटामा रहेको युवावर्ष जनता रविचित्र माध्यमिक विद्यालय कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्यांकनमा रविचित्र माविको व्यवस्थापकीय तथा शैक्षिक कार्यमा जिल्लामै उत्कृष्ट ठहरिएको हो ।

कार्यसम्पादनमा उत्कृष्ट भएपछि रविचित्र मा.वि.ले प्रोत्साहन स्वरूप ५ लाख रुपैयाँ पुरस्कार समेत हात पारेको छ । शैक्षिक गुणस्तर वृद्धि र चुस्त व्यवस्थापनमा हौसला मिलोस भन्ने हेतुले सरकारले उक्त राशी प्रदान गर्नेभएको हो ।

पछिल्लो समय सामूदायिक स्कूलको पढाई राम्रो नभएको भनी भइरहेको आलोचनालाई यो मूल्यांकनले गलत सावित गरिदिएको छ । सामूदायिक स्कुलमा आफूहरुले गरेको मिहिनेतको सरकारले गरेको सही मूल्यांकनले आफूहरूलाई उत्साहित बनाएको विद्यालयका प्रधानाध्यापक टेकराज आचार्यको प्रतिक्रिया छ ।

सामूदायिक विद्यालयको मावितर्फ उत्कृष्ट योगदान गर्न सफल रविचित्र मा.वि.मा अहिले ८ सय जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । कक्षा १ देखि ५ सम्म पूर्ण अंग्रेजी माध्यम र ६ देखि ८ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गर्दै आएको यो स्कूले कक्षा १२ सम्मको पढाई सञ्चालन गर्दै आएको प्रधानाध्यापक आचार्यले जानकारी दिए ।

सामूदायिक स्कूलप्रतिको दृष्टिकोण परिवर्तन नहुँदा र सबैलाई एउटै श्रेणीमा राख्दा विश्वास दिलाउन निकै कठिन परेको उनको भनाइ छ । कक्षा १ देखि १० सम्म प्रत्येक कक्षामा शेक्सन बाडेर पढाउदै आएको रविचित्रले ९ जना निजीस्रोतका शिक्षकबाट समेत पठनपाठन गराउँदै आएको छ ।

School (2).jpg
undefined

हटारीनेटामा रहेको यो स्कूलमा सन्धिखर्कको अलवा, चुत्राबेसी, ढिकुरा, नुवाकोट, खाचिकोट, नरपानी, वाङ्गला, डिभर्ना, अर्घा, किमडाडालगायतका स्थानबाट समेत विद्यार्थी पढ्न आउने गरेको विद्यालयले जनाएको छ ।