
बिहिवार , आषाढ २१, २०८०
भैरहवा, २१ असार ।
युवा नेता फखरुद्दीन खान नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।
पार्टीका लुम्बिनी प्रदेश सदस्य अमरसिंह पुनले बुधबार रुपन्देहीका खानलाई प्रदेश सदस्यमा मनोनयन गरेका हुन् ।
२०७४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित खान कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको पूर्व प्रमुख सचेतकसमेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij